काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य अंकको वृद्धि भयो । यसअघिका केही कारोबार दिन लगातार घटेको बजार मंगलबार अन्तिम समयमा करिब ३ अंकले बढेको हो । न्यून अंकले बजार बढ्दा परिसूचक २६३३.८७ बिन्दुमा छ ।
मंगलबार ११७ कम्पनीको मूल्य बढेको छ । मंगलबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
मंगलबार ११७ कम्पनीको मूल्य घटेको छ । जसमा कुथेली बुखरी जलविद्युतको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । आरबीबी म्युचुअल फन्ड २ र रिभर फल्स पावर लिमिटेडको मूल्य ५ प्रतिशतले घट्यो । मंगलबार १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।
३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार कुनै पनि उपसमूहको सूचक १ प्रतिशत पनि बढ्न सकेन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार