काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने नेपाली कांग्रेस र एमालेको योजनालाई असफल पारेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले कांग्रेस र एमालेको योजनालाई असफल बनाएको निष्कर्ष निकालेको हो ।
‘स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने कांग्रेस एमालेको योजनालाई खण्डित गरेका छ । चुनावी नतिजाले अन्य कुरामा पनि सरकारमाथि दबाब सिर्जना गरेको छ’, बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यस्तै माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनतामा तीव्र निराशा रहेको निष्कर्ष निकालेको छ । ओली सरकार देशलाई अधोगतितिर धकेल्नतिर लागिपरेको भन्दै माओवादीले आपत्ति जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ मंसिर २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने