काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज फेरि अदालत उपस्थित गराइँदै छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई थप समय हिरासतमा राख्न प्रहरीले आज जिल्ला अदालत कास्कीसँग अनुमति लिन लागेको हो।
पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले आज अदालत लगेर पुनः म्याद थप्न लागिएको हो।
गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएका लामिछाने त्यसयता प्रहरीको हिरासतमा छन्। उनीविरुद्ध निरन्तर हिरासत म्याद थप्ने क्रम जारी छ।
आज गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँगै सोही प्रकरणमा समातिएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, जीबी राईका साझेदार रामबहादुर खनाल र लीला पछाईंलाई पनि कास्की प्रहरीले अदालत उपस्थित गराउँदै छ।
लामिछानेविरुद्ध ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ।
यसबीच उनलाई रुपन्देही (बुटवल), काठमाडौँ, चितवन र पर्सा (वीरगन्ज) का विभिन्न सहकारी ठगी आरोपमा समेत ती स्थानमा लगेर बयान लिइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको औपचारिक भ्रमणमा जाँदै रवि लामिछाने
रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज
कोशी र मधेस प्रदेशका सांसदसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने
पारिवारिक घुमघामका लागि रवि लामिछाने नगरकोटमा, आज त्यहीं बस्ने
कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको अभिव्यक्तिप्रति रवि लामिछानेले जनाए असन्तुष्टि
‘निजी क्षेत्रलाई कमजोर बनाउने उद्देश्य छैन’ : रवि लामिछाने