काठमाडौँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले आफ्नो सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् ।
गत भदौ १७ गते पदभार ग्रहण गरेका मन्त्री केसीले मंगलबार मन्त्रालयमा सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् । मन्त्री भएको एक सय दिनको अवधिमा केसीले प्रदेश ११ वटै जिल्लाका योजनाहरूको अनुगमन तथा निरीक्षण गरेका छन् । १० वटा जिल्लामा मन्त्री आफै पुगेका छन् भने एउटा जिल्लामा सचिवमार्फत योजनाको निरीक्षण गरेका थिए ।
मन्त्री केसीले प्रथम चौमासिकको समाप्तिमा हालसम्मकै उच्च विकास खर्च गरेको बताए । मन्त्रालयले हालसम्म १०.०१ वित्तीय र १२.६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । जुन हालसम्मकै उच्च रहेको भौतिक मन्त्री केसीले बताए ।
मन्त्रालयअन्तर्गतका १९ वटा निकायबाट ७६ करोड ३९ लाख ३२ हजार ३ सय ७० राजस्व संकलन भएको मन्त्री केसीले सार्वजनिक गरेको उपलब्धिमा समावेश गरिएको छ ।
मातहतको कार्यालयका प्रमुखलाई ढिलोमा पुस मसान्तसम्म ठेक्का प्रक्रियाको काम सक्न मन्त्री केसीले निर्देशन दिए । मन्त्रालयका १८४६ योजनामध्ये ३८ सकिएका, ४८५ निर्माणाधीन, २६५ मुल्यांकनको चरणमा, ३ सय योजना बोलपत्र आव्हान भएको र ४८८ योजना लागत अनुमान तयार भई स्वीकृतिको चरणमा रहेको मन्त्रीले जानकारी दिए ।
मन्त्री केसीले सेवा सहज बनाउने उद्देश्यले कास्की, तनहुँ, बागलुङ र नवलपुरको यातायात व्यवस्था कार्यालयमा टोकन सिस्टम लागु र हेल्प डेस्क स्थापना गरेका छन् ।
यस्तै सेवाग्राहीको चाप एउटा कार्यालयमा मात्र नपरोस् भन्ने उद्देश्यले लेखनाथमा पनि यातायात कार्यालय स्थापना गर्ने तयारी गरेको मन्त्री केसीले बताए । सरकारको स्वामित्वमा रहेको जग्गा मन्त्रालयले उपयोग गर्न स्वीकृति माग गर्ने निर्णय भएर प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, १८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ
अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
गण्डकी प्रदेश सभा बैठक बस्दै
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स