काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनिल शर्माले सरकारले रास्वपा सभापति रवि लामिछानेलाई गरेको व्यवहारको विरोध जनाएका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गरेर सरकारले नियतवश नै लामिछानेलाई जिल्ला जिल्लामा दौडाएको आरोप लगाए।
उनले भने, ‘अहिलेको गृहमन्त्री रमेश लेखक दाइ कानूनको ज्ञाता पनि हुनुहुन्छ। हाम्रो गृहमन्त्री नै भएको बेलामा यो केस न्यायिक निरूपणको विषय हो। न्यायालयले यसबारे बोल्नुपर्ने कुरा हो। सकेसम्म पहिलो हप्ता नभए ८र१० दिनभित्र अदालतमा बुझाइदिनुपर्ने हो। तर, नियतवश, मानिसिक रूपमा ह्यारेस गराउनको निम्ति रविलाई कहिले कता कहिले कता कुदाएको छ। देख्दा हेर्दा लोकलाई पनि लाज हुने गरी सबैले बुझ्ने गरी अन्यायपूर्ण ढंगले काम भइरहेको छ। यसको भर्त्सना गर्छ।’
उनले प्रधानमन्त्री, गृहमन्त्री र सरकारलाई तीन दिनभित्र रवि लामिछानेको केस अदालतमा पेस गर्न माग गरे। विधिको शासन सबैले मान्नुपर्ने भएकाले अदालतको निर्णय नै अन्तिम हुने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल
कांग्रेसमा पूर्णबहादुर असफल भएको संस्थापनकै निश्कर्ष
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज नबस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
खड्का र सिटौलालाई प्रश्न : विशेष महाधिवेशनले पार्टी फुटाउने भए विधानबाट किन हटाउनुभएन ?