काठमाडौं। प्रहरीले काभ्रेको साँगाबाट पाँच सय ८५ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ गाडी चेकजाँचका क्रममा काभ्रे रोशी गाउँपालिकाका बसन्त लामा र रामेछाप मन्थलीका अमृत श्रेष्ठलाई उक्त परिमाणको सुनसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बागमती बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिटमुनि प्लाष्टिकको झोलामा लुकाईछिपाई राखेको सुन फेला परेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ