दार्चुला। दार्चुलाको उच्च पहाडी भेगमा आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै जिल्लाको विभिन्न क्षेत्रमा हिमपात भएको छ ।
दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो । ब्यास र अपिहिमाल गाउँपालिकामा हिमपात हुँदा जिल्लामा चिसो बढेको छ ।
हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको अपिहिमाल गाउँपालिकाका स्थानीय कमला बोहराले जानकारी दिए ।
त्यस्तै जिल्लाको खण्डेश्वरी, राप्ला, घुसालगायत क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी जिल्लाका विभिन्न ठाउँमा हल्का वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
रुकुम पूर्वमा हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध
कर्णालीमा हिमपात सुरु
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात