बागलुङ । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराखेका छन् । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् ।
सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ । उनले सुन्तला खरिदबापत एकमुष्ट रु. १२ लाख किसानलाई बुझाएको बताए । तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिए ।
“सिगानाको सुन्तला नारायणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर रु. दुई-चार लाख कमाइन्छ”, तामाङले भने, “किसानले रकम मात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ गर्छौँ, सुन्तला फलाउने किसानलाई बसीबसी आम्दानी छ ।”
तामाङले एउटै बगैँचालाई रु. तीन लाखसम्म तिरेर सुन्तला खरिद गरेको बताए । सुन्तला गाउँका रूपमा परिचय कमाएको सिगानाका किसान यति बेला सुन्तला बिक्री गर्न व्यस्त छन् । सुरुमा डोके व्यापारीलाई केजीमा बिक्री गर्ने किसानले अहिले सुन्तलाको माग बढेपछि बगैँचाका सुन्तला एकमुष्ट बिक्री गर्न थालेको किसान अनन्तबहादुर खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
दश करोडभन्दा बढीमा बिक्री भए भीरकोटका सुन्तला
स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
बागलुङका किसान सुन्तला सस्तोमा बेच्न बाध्य
कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री