काठमाडौं । प्रतिनिधिसभाका दुइ समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार आज तीनवटा समितिको बैठक बस्नेछ ।
जसअनुसार राज्य व्यबस्था समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
राज्य ब्यवस्था समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग सांसदहरूले छलफल गर्नेछन् । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।
उता, शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो २ बजेबाट सुरू हुनेछ ।
बिधायन ब्यवस्थापन समितिको बैठकमा भने नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल हुनेछ, सो बैठक दिउँसो २ः३० बजे बस्नेछ ।
तीनवटै समितिको बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ दललाई चुनाव चिह्न प्रदान
प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका
प्रतिनिधिसभा निर्वाचन : राप्रपाले गरायो दल दर्ता
प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
निजामती विधेयकको सन्देश प्रतिनिधिसभालाई प्राप्त