काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ। सैकनिल्कको रिपोर्ट अनुसार फिल्मले ओपनिङ डेमा भारतीय बक्स अफिसमा १७५ करोड भारू कमाएको छ।
योसँगै ‘पुष्पा २’ ले सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्मको रेकर्ड राखेको छ। फिल्मले तेलुगुमा ९५ करोड १ लाख, हिन्दीमा ६७ करोड, तमिलमा ७ करोड, कन्नडमा १ करोड र मलयालममा ५ करोड भारू कमाएको हो।
‘पुष्पा २’ ले एसएस राजामौलीको फिल्म ‘आरआरआर’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ‘आरआरआर’ ले पहिलो दिन १३३ करोड भारू कमाएको थियो। सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्। एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १२ : २१
लेखकबाट थप