काठमाडौँ । पछिल्लो २४ घण्टामा ललितपुरसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । बाजुरा, बुढीगंगा नगरपालिका-८ देउलीसैनस्थित रामकाट्या खोलामा सोही नगरपालिका-९ थापाबाडा बस्ने ५३ वर्षीय दल बहादुर थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, गौरीगंगा नगरपालिका-३ झिलस्थित पानी जमेको खाल्डोमा सोही नगरपालिका-३ वासुदेव बस्ने ६५ वर्षीय काले ढोली शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-५ चरौदी बस्ने विक्रम ठकुरीको घरको पिँढीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, बागमती गाउँपालिका-४ प्युटारस्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शुक्रबार मत अवस्थामा फेला परेकी छिन् ।
पाल्पा, तिनाउ गाउँपालिका-६ मस्यामस्थित ढाक्रिपार भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला