काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेल्न खोजेको भनेर दिएको अभिव्यक्ति सच्याएका छन् । आफ्नो चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा उनले अभिव्यक्ति सच्याएका हुन् ।
छलफलका क्रममा प्रचण्डले चर्चामा रहेको आफ्नो अन्तर्वाताबारे प्रष्टोक्ति पनि दिएका थिए । ‘उहाँले चाइना कार्ड खेल्न खोजेको भनेको होइन, राजनीतिका सवालमा जस्तो कार्ड खेल्ने काम नहोस् भनेको हो’, उनले आफ्नो अभिव्यक्ति सच्याउँदै प्रष्ट पारेका थिए ।
दुई साताअघि हिन्दुमा ‘प्रधानमन्त्री ओलीले चाइना कार्ड खेल्न खोजेको’ शीर्षकमा ‘प्रचण्ड’को अन्तर्वार्ता प्रकाशित भएको थियो । ओलीले त्यसको प्रतिवाद गरेका थिए ।
‘प्रचण्ड’ले कुन देश पहिला जाने भन्ने निर्णय नेपालका प्रधानमन्त्रीले लिने विषय भएको बताए । ‘मैले पहिला चीन भ्रमण गरेर मात्रै भ्रमण गर्ने परम्परा तोडें । पहिलो कहाँ जाने भन्ने नेपालको निर्णय हो’, प्रचण्डले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वामपन्थी एकता आवश्यक छ: प्रचण्ड
‘निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ’ : ‘प्रचण्ड’
निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न ‘प्रचण्ड’को अपिल
जेनजेडले भने जस्तै भ्रष्टाचारविरुद्ध संविधान परिमार्जन गर्ने कुरामा प्रतिबद्ध छौ : प्रचण्ड
अहिलेको निर्वाचन विशेष परिस्थितिमा भएकाले सामान्य तरिकाबाट लिन हुदैँन : प्रचण्ड
रोल्पाबाट प्रचण्डले चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्ने