काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेका छन् । विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीलाई प्रधानमन्त्री निवासमा उनले सम्मान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले शारीरिक सुगठनलाई खेलकुदका रूपमा विकास गर्न पर्याप्त सम्भावना रहेकाले राज्यका तर्फबाट यो खेलको विस्तारका निम्ति सरकारले प्रोत्साहन गर्ने बताए ।
नेपाल शारीरिक सुगठन महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले यो खेलका माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग हुने भएकाले यो खेलको विकासका निम्ति सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यस अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०४ मंसिर २०८१, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली