काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । ५ अंकले बजार बढ्दा कारोबार रकम भने उल्लेख्य देखिएको छ । आइतबार कुल २ करोड ४४ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आइतबार उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र माथिल्लो हेवाखोला जलविद्युत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । आइतबार १४५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ९२ कम्पनीका लगानीकर्ताले भने मूल्य घटेका कारण गुमाएका छन् । आइतबार ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
आइतबार होटल तथा पर्यटनका कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखियो । यो उपसमूहको सूचक २.२१ प्रतिशतले बढेको छ । त्यसैगरी लघुवित्त उपसमूहको सूचकमा पनि १.२८ प्रतिशतको वृद्धि देखियो ।
कारोबार रकमका हिसाबले आइतबार नाग्दी पावर शीर्ष स्थानमा रह्यो । यसको ४५ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार