एजेन्सी । भारतले पहिलो पटक लामो दूरीको हाइपरसोनिक मिसाइलको सफलतापूर्वक उडान परीक्षण गरेको छ। यसलाई भारतका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ ।
शनिबार यो परीक्षण ओडिशास्थित डा. एपीजे अब्दुल कलाम द्वीपबाट गरिएको रक्षामन्त्री राजनाथ सिंहले बताएका छन्।
'यो भारतको लागि ऐतिहासिक क्षण हो। यस महत्वपूर्ण उपलब्धिले हाम्रो देशलाई ती विशेष राष्ट्रहरूको समूहमा सामेल गराएको छ, जोसँग महत्त्वपूर्ण र अत्याधुनिक सैन्य प्रविधिको क्षमता छ', रक्षामन्त्री सिंहले भने।
रक्षामन्त्रीले रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) र सशस्त्र बलहरूलाई यो शानदार उपलब्धिका लागि बधाई दिएका छन्।
यो हाइपरसोनिक मिसाइल डा. एपीजे अब्दुल कलाम मिसाइल कम्प्लेक्स, हैदराबादको प्रयोगशालाका साथै डीआरडीओका विभिन्न प्रयोगशालामा संयुक्त रूपमा विकसित गरिएको हो।
यसको सफल परीक्षणले भारतको सैन्य क्षमता र वैज्ञानिक प्रविधिमा आत्मनिर्भरता कायम राख्ने दिशामा महत्वपूर्ण कदम प्रस्तुत गरेको अधिकारीहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ मंसिर २०८१, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनका ऊर्जा केन्द्रहरूमा सयौँ ड्रोन र दर्जनौँ मिसाइल आक्रमण
गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु
पाकिस्तानी एयर बेसमा भारतीय मिसाइल आक्रमण
मिसाइल खरिदका लागि युक्रेनलाई दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा