गुल्मी । गुल्मीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट –७, इन्द्रेगौडाका ३५ वर्षीय पंकज कुमालले श्रीमती ३० वर्षीया लाली कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् ।
कुमालले चिरपट दाउराको प्रयोग गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दिपककुमार बस्नेतले जानकारि दिए ।
पारिवारिक झगडाका क्रममा शनिबार राति आफुले श्रीमतीलाई कुटपिट गर्दा उनको मृत्यु भएको कुमालले पनि स्वीकारेका छन् ।
घटनाबारे थप अनुसन्धान थालिएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०७५, १० : ०७
लेखकबाट थप