लुम्बिनी । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले अफिसियल जर्सी सार्वजनिक गरेको छ । आफ्नै क्षेत्र लुम्बिनीको मायादेवी मन्दिरमा पुगेर लुम्बिनी लायन्सले जर्सी सार्वजनिक गरेको हो ।
क्बका मालिक ईश्वर जिसी, लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर नायक राजेश हमाल र विशेष अतिथि आनी छोइङ डोल्माले संयुक्त रुपमा जर्सी सार्वजनिक गरे । जर्सी सार्वजनिक कार्यक्रममा लुम्बिनीका मार्की प्लेअर रोहितकुमार पौडेलदेखि अन्य खेलाडीहरु पनि सहभागी थिए ।
यस्तै जर्सी सार्वजनिक गरेपछि र्याली कार्यक्रम समेत आयोजना गरिएको छ । क्यानको आयोजनामा हुने एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुनेछ । यसमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ मंसिर २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?
कसले जित्ला एनपीएल : सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ?
लुम्बिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै विराटनगर
एनपीएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै
एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै
एनपीएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच भिडन्त