काठमाडौं। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ की २२ वर्षीया प्रीतिका बास्तोला, चितवनको भरतपुर महानगरपालिका–१० की ३६ वर्षीया शारदा सुवेदी र भरतपुर महानगरपालिका–४ का २५ वर्षीय सुरज कँडेललाई पक्राउ गरेको हो ।
प्रीतिकाले युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईका लागि एक जनाबाट रु दुई लाख तथा शारदा र सुरजले संयुक्त अधिराज्य बेलायतका लागि एक/एक जनाबाट रु १/१ लाख लिएर सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ पक्राउबारे आम जनता पार्टीको आपत्ति
दुर्गा प्रसाईँ पक्राउबारे आम जनता पार्टीको आपत्ति
नौ सय ५५ केजी गाँजासहित दुई जना पक्राउ
विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ
नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल र ४ राउण्ड गोलीसहित एक जना पक्राउ