काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएका छन्।
राष्ट्रपति पौडेल अजरबैजानको बाकु सहरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् ।
राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतले विमानस्थलमा स्वागत गरेका छन्।
राष्ट्रपति पौडेल गत कात्तिक २५ गते अजरबैजान प्रस्थान गरेका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस