काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन आवेदकलाई अन्तरवार्तामा बोलाइएको छ । छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मङ्सिर ९ गते बिहान ८ बजेको लागि अन्तरवार्तामा बोलाइएको हो ।
यसअघि असोज १८ गते अन्तरवार्तामा बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो । अर्थ मन्त्रालयले विशेष कारणवश अन्तवार्ता रोक्नुपरेको जानकारी दिएको थियो ।
यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो । छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।
त्यसपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आन्तरिक आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको हो। २०८० पुस २० पछि धितोपत्र बोर्ड अध्यक्षविहीन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयको सेवासुविधा कटौतीविरुद्ध धितोपत्र बोर्डका कर्मचारी आन्दोलित
इन्भेस्टमेन्ट कम्पनी धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने
मर्चेन्ट बैंकर्सद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेट
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता हुँदै