काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घरघर, टोलटोल, व्यक्ति व्यक्तिलाई भेट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार कीर्तिपुरमा उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै उनले स्थानीय तह उपनिर्वाचनलाई परिणाममुखी बनाउन निर्देशन दिएका हुन् ।
विगतमा माओवादीबाट केही कमीकमजोरी भएपनि सत्तामा बसेर देश र जनताको पक्षमा राम्रो काम गरेको प्रचण्डले दाबी गरे ।
‘हामी जनताको मुक्तिको लागि नयाँ आन्दोलन सुरु गर्न चाहन्छौँ । हामी आफै बदलिन चाहन्छौँ’, उनले भने, प्रत्येक जनताको घरघर, टोलटोल र व्यक्ति व्यक्तिलाई भेट्न जरुरी छ । त्यसरीमात्र हामीले चुनावी परिणाम हासिल गर्न सक्छौं । आत्माआलोचनासहित प्रत्येक व्यक्तिलाई भेट्न सबैलाई अपिल गर्दछु ।
कार्यक्रममा उनले माओवादीले सत्तामा बसेर सकारात्मक काम गरेको छ भन्ने जनताले बुझेको जिकिर गरे । साथै नयाँ सरकार किन बन्यो भन्ने कुरा पनि सबैलाई थाह भइसकेको प्रचण्डले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्न बारपाक पुगे प्रचण्ड
कम्युनिस्ट पार्टी एकता गर्ने कुराबाट थाकेको छैन : प्रचण्ड
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : प्रचण्ड
७० वर्ष पार हुँदा पनि जनताका लागि २५ को जवान जसरी दौडिएको छु : प्रचण्ड
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
राजावादी वितण्डाको विरोध गर्दा राहत महसुस गरेपनि ओली सरकारप्रति नरम छैनौं: प्रचण्ड