काठमाडौँ । बागमती प्रदेश सरकारको आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
बागमतीमा अब सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गर्ने निर्णय भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले सरकार गठन भएको साढे ३ महिनामा मन्त्रालय फुटाएर १४ वटा पुर्याएका छन् ।
शपथ लिएको १११ दिनदेखि बिना विभागीय रहेका काँग्रेसका मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाइएको हो । यद्यपि, आजको मन्त्रिपरिषद्ले श्रेष्ठलाई जिम्मेवारी तोक्ने निर्णय भने मन्त्रिपरिषद्ले नगरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि