काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गरेका छन् ।
चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सोमबार मुख्यमन्त्री आचार्य त्यसतर्फ प्रस्थान गरेका हुन् । चाइना एयरलाइन्सको ५.५५ बजेको फ्लाइटमार्फत उनी त्यसतर्फ प्रस्थान गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न नोभेम्बर ११ देखि १३ (कात्तिक २६, २७ र २८ गते)अन्तराष्ट्रिय सम्मेलन हुँदैछ । मुख्यमन्त्री आचार्य, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थसहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुई पक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुने जनाइएको छ ।
मुख्यमन्त्री आचार्यको चीन भ्रमणलाई आइतबार बसेको संघीय सरकार मन्त्रिपरिषद् बैठकले अनुमति दिएको थियो । यसअघि २० कात्तिकमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको थियो । मुख्यमन्त्री विदेश रहेका बेला भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ कार्तिक २०८१, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ: मुख्यमन्त्री आचार्य
ठेक्का प्रक्रिया छिटो सक्न र गुणस्तरमा सम्झौता नगर्न मुख्यमन्त्री आचार्यको निर्देशन
बुद्धको शिक्षाबाट कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छ : मुख्यमन्त्री आचार्य
लालपुर्जा वितरणको कामलाई तीव्रताका साथ अघि बढाएका छाैँ : मुख्यमन्त्री आचार्य
सुशासन र पारदर्शीताका लागि मिडियाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य