काठमाडौँ । नायक राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बारडरको रूपमा सार्वजनिक हो ।
नेपाली चलचित्रका महानायकका रूपमा परिचित हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र लुम्बिनीको ब्राण्ड एम्बासडर बन्दा खुशी लागेको बताए ।सम्झौताको अवधि एक वर्षका लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए । सम्झौताको रकम भने खुलाइएको छैन ।
ब्राण्ड एम्बास्डर बनेपछि हमालले एकदम खुशी भएको बताएका छन् ।‘क्रिकेटसँग नजिकको सम्बन्ध छ । मैले क्रिकेटमा असाध्यै इन्ट्रेस्ट दिन थालेको नेपालमै खेल हुन थालेपछि हो,’ उनले भने, ‘आज आएर लुम्बिनी टिमसँग जोडिन पाउँदा एकदम खुशी छु । टिम व्यवस्थापनलाई धन्यवाद ।’
उनले रोहित पौडेल नेतृत्वको लुम्बिनी टिमले राम्रो गर्छ भन्ने विश्वास लागेको बताए । मार्की प्लेअर रोहित पौडेलले महानायक राजेश हमाल जोडिँदा खुशी लागेको बताए । ‘राजेश हमाल लुम्बिनी लायन्सको मात्र नभएर समग्र देशकै एम्बासडर हुनुहुन्छ । टिमले एकदमै राम्रो सपोर्ट गरेको छ,’ उनले भने, ‘अब पालो हाम्रो हो ।’
कन्सलट्याण्ट प्रशिक्षक शक्ति गौचनले पनि सिनेमा जगतका महानायक राजेश हमाल लुम्बिनी टिममा जोडिँदा खुसी व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ कार्तिक २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त
मुख्य जिल्ला निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त
गृहमन्त्रीद्धारा हज समितिको अध्यक्ष नियुक्त
वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्य नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त