इस्लामाबाद । पाकिस्तानले सेना, नौसेना र वायुसेनाका प्रमुखको कार्यकालको अवधि बढाएको छ । सरकारले संसदबाट यो प्रस्ताव अनुमोदन गरेको छ ।
संसदले अनुमोदन गरेपछि तीनै सेनाका प्रधानसेनापतिको कार्यकाल पाँच वर्षको भएको छ । यसअघि यो कार्यकाल तीन वर्षको थियो । पाकिस्तानी सेनाको नियम अनुसार जनरलको अवकाश उमेर ६४ वर्ष तोकिएको छ ।
तर अब यो स्वीकृतिपछि सेना प्रमुखको हकमा यो नियम लागू हुने छैन । पाकिस्तानको पहिलो आर्मी एक्ट अन्तर्गत सेना प्रमुखको कार्यकाल तीन वर्ष तोकिएको थियो भने संसदले तीन वर्ष थप गर्न सक्नेछ । पाकिस्तानमा पनि कुनै समय सेना प्रमुखको कार्यकाल चार वर्षको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु