२४ वर्षे युवा, जो आठ हजार होटल चलाउँछन्

शुक्रबार, ०२ कार्तिक २०७५, १० : ०७
२४ वर्षे युवा, जो आठ हजार होटल चलाउँछन्

ओयो रुम्स होटलका संस्थापक र सीइओ रितेश अग्रवाल एक यस्ता उदाहरणीय युवा उद्यमी हुन्, जसले कम उमेरमै लोभलाग्दो सफलता हासिल गरेका छन् । भारतको कट्टकमा जन्मिएका उनले सफल हुनको लागि कपाल फुल्नु आवश्यक छैन भन्ने पुष्टि गरिदिए ।

 

उमेरले भर्खरै २४ वर्ष भए अग्रवाल । उनी भारतलगायत नेपाल, मलेसिया, युएई, चीन र इन्डोनेसियाका दुई सय ३० शहरमा आठ हजार पाँच सयभन्दा धेरै होटलसँग साझेदारी गरिरेहेका छन् ।

 

चर्चित ‘ओयो रुम्स होटल चेन’ले सस्ता होटलहरुको व्यवस्थापन गर्ने गर्छ । ओयोले वार्षिक ४ हजार करोड भारतीय रुपैंयाभन्दा धेरै रकमको कारोबार गर्छ ।

 

रितेशलाई फोर्ब्स म्यागेजिनले ३० वर्षमुनीका सफल ३० युवा उद्यमीको सूचीमा समेटेको छ । उनको ओयो ब्रान्डले भारत लगायतका देशमा साना होटलहरुलाई आफ्नो छाताभित्र समेटेको छ । ओयोले विभिन्न शहरमा रहेका होटलहरुसँग साझेदारी गर्छ ।

 

ओयोमा आबद्ध भएपछि उनले होटलको सुविधा बढाउने, कर्मचारीहरुलाई तालिम दिने र सेवालाई चुस्त बनाउन र होटलको बुकिङमा सहयोग गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस