काठमाडौं। भारतको झारखण्डस्थित चतरा जिल्लामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षीया विशाखा कुमारी, ८ वर्षीया कीर्तिकुमारी र १० वर्षीया अंशुकुमारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
घटना चतराको हन्टरगञ्जको वशिष्ठ नगर थाना क्षेत्रको धोबे गाउँको हो। पन्जाब केशरीको समाचारअनुसार तीनै बालिका पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।गाउँलेहरूले पोखरीमा तैरिरहेको बालिकाको शव देखेपछि घटना बाहिर आएको हो । घटनाले गाउँभर शोक छाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु