काठमाडौं। भारतको झारखण्डस्थित चतरा जिल्लामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षीया विशाखा कुमारी, ८ वर्षीया कीर्तिकुमारी र १० वर्षीया अंशुकुमारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
घटना चतराको हन्टरगञ्जको वशिष्ठ नगर थाना क्षेत्रको धोबे गाउँको हो। पन्जाब केशरीको समाचारअनुसार तीनै बालिका पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।गाउँलेहरूले पोखरीमा तैरिरहेको बालिकाको शव देखेपछि घटना बाहिर आएको हो । घटनाले गाउँभर शोक छाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु