नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका– ७ मा आज दिउँसो गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीयले उपचारका लागि अस्पताल पुर्याएका थिए । प्रहरी नायब उपरीक्षक जेशी शाहका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनयता नौ गैँडाको मृत्यु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो