नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका– ७ मा आज दिउँसो गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीयले उपचारका लागि अस्पताल पुर्याएका थिए । प्रहरी नायब उपरीक्षक जेशी शाहका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे
गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो
चितवनमा गैँडाको आक्रमण बढ्दो : दुई महिनामा ६ जनाले गुमाए ज्यान