काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बिहीबार प्रचण्ड निवास खुमलटारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा प्रचण्डले कलाकार, पत्रकार सबैको ध्येय राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा रहेको बताएका हुन् ।
प्रचण्डले राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्दै नेपाली जनताको उज्ज्वल भविष्यका लागि सबै एक हुनुपर्ने बताए । उनले आफू शान्ति प्रक्रियामा आएदेखि नै कला र खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको धारणा राखे । कला संस्कृतिको जगेर्ना नगरीकन राष्ट्रको अस्मिताको जगेर्ना हुन नसक्ने उनको भनाइ छ ।
प्रचण्डले तिहारका अवसरमा देश र विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरे । कार्यक्रममा कलाकारहरूले देउसी भैलो खेल्दै सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड