काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बिहीबार प्रचण्ड निवास खुमलटारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा प्रचण्डले कलाकार, पत्रकार सबैको ध्येय राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा रहेको बताएका हुन् ।
प्रचण्डले राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्दै नेपाली जनताको उज्ज्वल भविष्यका लागि सबै एक हुनुपर्ने बताए । उनले आफू शान्ति प्रक्रियामा आएदेखि नै कला र खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको धारणा राखे । कला संस्कृतिको जगेर्ना नगरीकन राष्ट्रको अस्मिताको जगेर्ना हुन नसक्ने उनको भनाइ छ ।
प्रचण्डले तिहारका अवसरमा देश र विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरे । कार्यक्रममा कलाकारहरूले देउसी भैलो खेल्दै सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड