काठमाडौँ । गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालबिच भेटवार्ता भएको छ । सोमबार साँझ गृहमन्त्रीसँग भेट भएको उपसभापति अर्यालले स्वीकार गरे ।
अर्यालका अनुसार भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको छ । ‘हाम्रो भेट हिजो साँझ साढे ६ बजेतिर भएको हो । समसामयिक के कसो छ भनेर भेट ‚’ उनले भने। भेटका क्रममा आफूले रास्वपाले आज बालुवाटारमा गर्ने आन्दोलनको बारेमा जानकारी दिएको पनि उनले बताए ।
‘आजको आन्दोलनको विषयलाई लिएर भेटेको हो । हामी शान्तिपूर्ण आन्दोलनमा छौँ । त्यसमाथि काठमाडौँमा आन्दोलन हो त्यसमा पनि बालुवाटार केन्द्रित भएकाले शान्ति सुरक्षाको पनि विषय आउँछ नै‚’ अर्यालले भने ।
सहकारी बचत अपचलनमा रवि लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ । रास्वपाले आन्दोलनको कमान्डर पनि अर्याललाई बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव