काठमाडौँ । गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालबिच भेटवार्ता भएको छ । सोमबार साँझ गृहमन्त्रीसँग भेट भएको उपसभापति अर्यालले स्वीकार गरे ।
अर्यालका अनुसार भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको छ । ‘हाम्रो भेट हिजो साँझ साढे ६ बजेतिर भएको हो । समसामयिक के कसो छ भनेर भेट ‚’ उनले भने। भेटका क्रममा आफूले रास्वपाले आज बालुवाटारमा गर्ने आन्दोलनको बारेमा जानकारी दिएको पनि उनले बताए ।
‘आजको आन्दोलनको विषयलाई लिएर भेटेको हो । हामी शान्तिपूर्ण आन्दोलनमा छौँ । त्यसमाथि काठमाडौँमा आन्दोलन हो त्यसमा पनि बालुवाटार केन्द्रित भएकाले शान्ति सुरक्षाको पनि विषय आउँछ नै‚’ अर्यालले भने ।
सहकारी बचत अपचलनमा रवि लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ । रास्वपाले आन्दोलनको कमान्डर पनि अर्याललाई बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो