काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुको मुद्दामा नेपालले नेतृत्वदायी भूमिका खेलेको दाबी गरेका छन् । शनिवार वन तथा वातावरण मन्त्रालयले काठमाडौँमा गरेको जलवायु राष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपाल जलवायुमा सबैभन्दा बढी असर पर्ने, क्षति हुने भूगोल भएकोले पनि नेतृत्वदायी भूमिका खेलेको बताए । जलवायु बिगार्ने अरू देश र सजाय पाउने आफूहरू भएको उनले उल्लेख गरे । यो वर्षको कोप १९ सम्मेलनमा सरकार प्रभावकारी ढङ्गले प्रस्तुत हुने पनि प्रधानमन्त्री ओलीले बताए ।
उनले अहिले जलवायु न्यायको विषय पनि उठेको बताउँदै यसबारे कार्यपत्र प्रस्तुत गर्ने न्यायाधीश सपना मल्ल प्रधानको प्रशंसा गरे । विश्वतापमा बढेका कारण हिउँ पग्निे समस्या रहेको बताउँदै नेपालका यी सबै विषयहरू आफूले अन्तर्राष्ट्रिय मञ्चमा पनि व्यक्त गरेको बताए ।
मधेस प्रदेशमा उत्तरतिर केही रुख भए पनि दक्षिणतिर लागेपछि बोटबिरुवा नै नभएको अवस्था रहेको बताए । त्यसका लागि वृक्षारोपण कार्यक्रम अघि बढाउन आवश्यक रहेको उल्लेख गरे । समुन्द्र र हिमालको सर्कलबाट नै जलवायु बन्ने र त्यसलाई सूर्यले सहयोग गर्ने बताए । समुन्द्रको हावा हिमालमा ठोक्किएर जलवायु बन्ने उनले बताए । ओलीले समुन्द्रमा भएको प्रदुर्षणका कारण त्यहाँको जलवास्पबाट बादल बनेर वर्षा हुँदा हिउँ पग्लने गरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० कार्तिक २०८१, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विकास आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीसँग भेट गर्न पूर्णबहादुर र गृहमन्त्रीलाई लिएर बालुवाटार पुगे देउवा
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह