काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न इजरायललाई चेतावनी दिएका छन् । बाइडेनले इरानको आणविक स्थलमा इजरायलले आक्रमण गरे समर्थन नगर्ने बताएका छन् । इरानको आणविक साइटहरूमा आक्रमणले स्थिति बिग्रन सक्ने बाइडेनको ठहर छ ।
यसबाहेक अमेरिकाले इजरायललाई इरानको तेल अड्डबाट पनि टाढा रहन चेतावनी दिएको छ ।अमेरिकाले इजरायली हवाई हमलाको जवाफ नदिन इरानलाई पनि अपिल गरेको छ । तर, इजरायलसँग आफ्नो रक्षा गर्ने र इरानी आक्रमणको जवाफ दिने अधिकार रहेको बाइडेन प्रशासनले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० कार्तिक २०८१, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनद्वारा दुई हजार ५०० जनालाई क्षमादान
इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी