काठमाडौं । नेकपा माओवादी केन्द्रले रवि लामिछानेमात्रै नभइ सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेललाई पनि कारबाही गर्नुपर्ने बताएको छ ।
नेकपा माओवादी केन्द्रले आज गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष अग्नि सापकोटाले सहकारी ठगी प्रक्रियामा राज्यले पक्षपाती व्यवहार गर्न नहुने बताएका हुन् । ‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, त्यसैगरी नेकपा एमालेका ऋषिकेष पोखरेललगायतका लाई प्रमाण हुँदाहुँदै पनि खुला रुपमा संरक्षण गरिएको छ,’, उनले भने ।
सापकोटाले आफूहरु सहकारी पीडितकै पक्षमा रहेको र उनीहरुको फसेको रकम फिर्ता हुनुपर्ने भन्नेमै रहेको सुनाए । उनले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मात्रै पक्षमा नरहेको बताउँदै भने, ‘अदालती प्रक्रियामा गइसकेको छ । विरोध प्रदर्शन उहाँहरुकै कार्यकर्ताले गरिरहेको हो । तर, पक्षपाती हुनुहुँदैन, दोहोरो मापदण्ड गर्नु हुँदैन भन्ने हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ कार्तिक २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै