बाँके। बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सीमा क्षेत्र पेडारी खोलामा पक्की पुल निर्माण हुने भएको छ । २०६३ सालमा पेडारी खोलाको पुल भत्किएको थियो। नयाँ पुल बनेपछि कोहलपुर र बैजनाथका ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सजिलो हुने छ ।
जिल्ला समन्वय समिति बाँकेका सदस्य सन्तराम चौधरीले नयाँ पुल बनेपछि बालबालिकालाई विद्यालय आवतजावत गर्न सजिलो हुने बताए । यो पुल निर्माण भएपछि आवागमनको लागि पूर्व–पश्चिम राजमार्ग पुग्नुपर्ने झन्झट अन्त्य हुने जनाइएको छ ।
बैजनाथका मर्चरा, गुरुवागाउँ र पेडारी गाउँ तथा कोहलपुर–१५ मा पर्ने चौधरीयालगायतका गाउँका स्थानीयवासी पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
कोहलपुर– १५ र बैजनाथ – ५ र ७ का जनतालाई आवागमनमा सहजताको लागि सङ्घीय सरकारको रु सात करोडको लागतमा पक्की पुल निर्माण गर्न लागिएको सांसद सूर्य ढकालले बताए ।
कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले पेडारीमा पक्की पुल निर्माण भएपछि कोहलपुर १५ र बैजनाथ ५ र ७ का वडावासीलाई आवतजावतमा धेरै सहज हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०८१, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो
काभ्रेको नालास्थित पुल भाँचियो, यातायात अवरुद्ध
तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण
सम्झौता भएको ५ वर्षसम्म पनि सुरु भएन पुल निर्माण
चौध करोड लागतमा मनाङमा पुल बन्दै