काठमाडौं । बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएको छ । साना सवारी साधनलाई मात्रै अनुमति दिइएको राजमार्गमा साविकमा यातायात सञ्चालनका लागि अनुमति पाएका सबै सवारी साधन सञ्चालन गर्न खुल्ला गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
बाढी पहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेसी वर्षेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्णरुपमा बगाएकाले हाल नयाँ ट्रयाक निर्माण गरी सवारी साधनको लागि आवागमन खुलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २९ असोज २०८१, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी राजमार्गअन्तर्गत बाढी प्रभावित क्षेत्रको गृहमन्त्रीद्वारा स्थलगत अनुगमन
बीपी राजमार्गमा आज राति पनि गाडी चलाउन नपाइने
बीपी राजमार्ग : थप १५ दिन राति सवारी सञ्चालनमा रोक