काठमाडौं । बीपी राजमार्गमा आज राति पनि सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रातिको समयमा दुई दिनका लागि सवारी आवागमनका रोक लगाएको हो ।
प्रशासनका अनुसार, हिजो साँझ ५ बजेदेखि आज बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको थियो । आज पनि साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म बीपी राजमार्गको खुर्कोट बजारबाट काठमाडौंतर्फ जाने सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।
भारी वर्षाको सम्भावना रहेकाले रातको समयमा सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ कार्तिक २०८२, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी राजमार्ग : थप १५ दिन राति सवारी सञ्चालनमा रोक
बीपी राजमार्ग खुल्यो
आठ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
क्षतिग्रस्त बीपी राजमार्गको मर्मत शुरू
बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु