काठमाडौँ । दसैँपछिको पहिलो कारोबारका दिन मंगलबार सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि असोज २३ गते सुनको मूल्य तोलामा १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको थियो ।
उक्त दिनको तुलनामा दसैँपछि आज कारोबार हुँदा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
असोज २३ मा तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज रु २५ बढेर तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असोज २०८१, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो,कति पुग्यो तोलाको ?
२ किलो सुनसहित रसुवाबाट एकजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद, ३ जना पक्राउ
धनतेरसकै दिन सुनको मूल्यमा उच्च वृद्धि
सुनको मूल्य बढ्यो, तोलामा १ लाख ६६ हजार नजिक
आजपनि बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?