रौतहट । बाराको कोल्हबी नगरपालिका अन्तर्गत जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट कोलहवि- २ पुरानो काँटाका ६३ बर्षीय हस्थ बहादुर ठोकरको मृत्यु भएको हो ।
पुरानो काँटाको उत्तरतर्फ भित्री जंगलमा घाँस काट्न गएका ठोकर जंगलबाट नफर्केपछि आफन्त र स्थानीयहरुले जंगलमा गई खोजतलास गर्दा जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको अवस्थामा भेटिएका थिए ।
हाल शवलाई पोष्टमार्टमको लागि कलैया प्रादेशिक अस्पताल तर्फ पठाईएको प्रहरीले जनाएको छ । कोल्हवी नगर क्षेत्रमा हालसम्म जंगली हात्तीको आक्रमणबाट अहिलेसम्म ११ जनाको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असोज २०८१, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु