काठमाडौँ। घटस्थापनादेखि आज बुधबार बिहान ६ बजेसम्म ५ लाखभन्दा बढी मान्छेले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका अनुसार बुधबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार ५ लाख ६ हजार ५२५ जनाले काठमाडौँ उपत्यका छाडेका हुन् ।
यो सडक मात्रैबाट काठमाडौँ छाड्ने यात्रुहरूको विवरण हो । दशैंको अवसरमा घर फर्कने यात्रुहरूलाई लक्षित गरेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन समेत गरेको छ ।
टिकटमा हुने कालोबजारीदेखि नाका नाकामा ट्राफिक खटाएर भाडादर समेत अनुगमन गरिएको छ । बढी भाडा असुल्ने गाडीहरूलाई कारबाही समेत तिव्र पारिएको प्रहरीले जनाएको छ ।
मंगलबारसम्म मात्रै बढी भाडा लिएको आरोपमा ३१ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको छ । यसका साथै हवाईमार्गबाट पनि यो पटक उत्तिकै यात्रुहरू काठमाडौँबाट बाहिरिएका छन् ।
मुख्य गरी पूर्वी नेपालको मुख्य राजमार्ग वीपी हाईवे बाढी पहिरोका कारण अवरुद्ध भएपछि हवाई मार्गबाट उपत्यका छाड्नेहरूको संख्या पनि उल्लेख्य छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २३ असोज २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट