काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट मार्फत प्रति दिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको छ ।
दशैं तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदान प्रदानलाई सहज बनाउने उद्देश्यले यस्तो सीमा बढाइएको हो । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले यस्ता वालेट प्रयोगकर्ताले दशैंको दश दिन र तिहारको सात दिनका लागि एकै दिनमा ३० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको हो ।
सामान्य अवस्थामा एक दिनमा बढीमा १० वटा मात्रै कारोबार गर्न पाइन्थ्यो । यो संशोधन दशैंका लागि असोज २१ गते देखि कात्तिक १ गत सम्म र तिहारका लागि कात्तिक १५ गते देखि कात्तिक २२ गते सम्मका लागि लागू हुने विभागका राष्ट्र बैंकले जनाएको छ ।
अहिले बजारमा २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीका वालेट सेवा सञ्चालनका छन् । इसेवा, खल्ती, आईएमई–पे लगायत वालेटहरू बढी प्रयोगमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ असोज २०८१, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले ७० औँ वार्षिकोत्सव मनाउँदै
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप उठाउने
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिए राजीनामा
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा