गाजा । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ । मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई राख्ने आश्रयस्थल बनाइएको थियो ।
गाजाको मध्य क्षेत्र देइर अल–बालाहस्थित अल अक्सा शहीद अस्पतालको गेटअगाडि इजरायलले गरेको बमबारीका कारण मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने ठूलो सङ्ख्यामा घाइते भएका छन्,” एजेन्सीका प्रवक्ता महमुद बसालले भने ।
इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएको छ, “मस्जिदमा रहेको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरभित्र सक्रिय हमासका आतङ्ककारीमाथि आक्रमण गरिएको हो ।”

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
इजरायली आक्रमणमा लेबनानमा १२ स्वास्थ्यकर्मीको मृत्यु
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु