काठमाडौँ । श्री एयरलाइन्सले भोलिदेखि काठमाडौँ-भरतपुर-काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु ४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ।
“शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ”, कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भने, “नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।”
धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ । उनका अनुसार एकतर्फी भाडा रु चार हजार पाँच सय राखिएको छ । अहिले भरतपुर-काठमाडौँ-भरतपुर रुटमा बुद्ध एयरले एटिआर-४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असोज २०८१, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण
विमानस्थलमा कुकुर दौडिएपछि श्री एयरको जहाज ‘ओभर सुट’