काठमाडौँ । बिहीबार देखिको लगातारको अविरल वर्षाबाट काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको हो । उनीहरूको बाढी, पहिरो र घर भत्किँदा निधन भएको हो । काठमाडौँमा ४ जना बेपत्ता भएका छन् ।
बाढी पहिरोमा परी हराइरहेकाहरूको खोजी भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ । यता भक्तपुरमा तीन जनाको मृत्यु भएको छ भने ललितपुरमा ९ जनाको मृत्यु भएको छ । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन् ।
धनकुटामा २ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् । पाँचथरमा २ जनाको मृत्यु भएको छ भने काभ्रेमा ३ जना, धादिङमा १ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने