काठमाडौँ । ललितपुरको नक्खु खोलामा बाढीमा फसेका मानिसहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट गरिएको छ । बाढीका कारण कयौँ मानिसहरू फसेका छन् । सुरक्षा निकायका उद्धारकर्मीहरू फसेकाहरूको उद्धारका लागि खटिएका छन् । यसैबिच खोलका कारण फेसेका दुई जनाको हेलिकप्टरको मद्दतले उद्धार गरिएको छ ।
उपत्यकाका बागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च बहाव छ। मनोहरा, घट्टेखोला लगायतका खोलाहरूका कारण सडक र बस्ती डुबानमा परेका छन्। उपत्यकामै केही स्थानमा पुल बगेका छन्। मुख्य सडकमा पनि पानी जमेका कारण यातायात सञ्चालनमा अवरोध सिर्जना हुनुका साथै उपत्यकाका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध बनेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीमा फसेका २ जनाको हेलिकोप्टरबाट सकुशल उद्धार
अमेरिकी आकाशमा उडिरहेको अवस्थामा विमान र हेलिकोप्टर आपसमा ठोक्किए