काठमाडौ । पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको हो।
निरन्तरको वर्षासँगै आज बिहान चार बजे पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
पहिरो पन्छाउने काम सुरु गरिएको छ। दुई वटा स्काभेटरले पहिरो पन्छाइरहेको यादवले बताए। यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ। यादवका अनुसार अहिले पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ।
यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ। निरन्तरको वर्षाका कारण सडक भासिएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध