मकवानपुर । हेटौँडा र काठमाडौँ जोड्ने सबै सडकहरू बन्द भएका छन् । पहिरोका कारण हेटौँडा र काठमाडौँ जोड्ने लामो तथा छोटा दुरीका मार्गहरू बन्द भएका हुन् ।
बिहीबारदेखि भएको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौँ), कुलेखानी फाखेल काठमाडौँ, कुलेखानी मातातीर्थ काठमाडौँ र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथको ललितपुरको भट्टेडाँडा, मकवानपुरको घट्टेपाखा, आँपचौर, लाम्राङमा पहिरो खसेकाले सडक बन्द भएको छ ।
छोटो दुरीको भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौँ सडक खण्डको खानीखेला, सिमखोलामा बाढीले आवतजावत ठप्प भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार सिस्नेरीबाट माथिल्लो क्षेत्रमा विभिन्न स्थानमा पहिरो खेसेको छ । इन्द्रसरोवर–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको छ ।
कुलेखानी फाखेल काठमाडौँ सडक खण्डको महालक्ष्मी खोलाको बाढीले सडक अवरुद्ध गरेको छ । प्रहरीका अनुसार उक्त सडक खण्डमा वर्षाका कारण स–साना पहिरोहरू खसेका छन् । कुलेखानी मातातीर्थ काठमाडौँमा पनि पहिरोले सवारी आवागमन ठप्प छ ।
छोटो दुरीको मार्गको प्रवेश मार्ग भैँसे भीमफेदी सडक खण्डमा पनि पहिरो खेसेको प्रहरीको भनाई छ । भीमफदीको धोर्सिङमा पहिरो खस्दा सडक बन्द भएको हो ।
यता त्रिभुवन राजपथको थाहा नगरपालिका–५ मा पहिरो खस्दा सडक बन्द भएको छ । दामन क्षेत्रमा पहिरो खस्दा यातायात सेवा ठप्प भएको प्रहरीको भनाई छ । वर्षा निरन्तर भइरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध
पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
आसाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, १२ सय गाउँ डुबानामा
पहिरोले उदयपुरका ग्रामीण सडक अवरुद्ध
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध