काठमाडौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनालाई अन्तरवार्तामा बोलाइएको छ ।
बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि नाम सिफारिस समितिले संक्षिप्त सूचीमा समावेश भएका कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा नवराज अधिकारीलाई अन्तरवार्ताका साथसाथै व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण लागि समेत बोलाइएको छ ।
यस्तो प्रस्तुतीकरण र अन्तरवार्ता असोज १८ गते अर्थ मन्त्रालयमा हुने समितिले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ । बोर्ड लामो समयदेखि नेतृत्वविहीन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, ०७ : २९
लेखकबाट थप