काभ्रे । काभ्रेको बनेपामा विदेशी महिला लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका–६ गोसाइस्थानस्थित १६ सय सिढीमा घुम्न गएका २ जना विदेशी युवती ल्ट्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
धुलिखेल अस्पतालमा इन्टर्नसिपका लागि आएका २ विदेशी युवतीलाई मंगलबार साँझ ३ जना युवाले लुटपाट गरेका थिए । मंगलबार साँझ बनेपा नगरपालिका–६ भ्यु टावरमा इभिनिङ वाकमा निस्केको अवस्थामा इटालियन नागरिक २८ वर्षीया मार्टिन र जर्मनी नागरिक २६ वर्षीया एलेक्स जेन्ड्रा लुटिएका थिए । उनीहरुलाई चक्कु देखाउँदै लुटपाट गरेको प्रहरीले जनाएको छ ।
विदेशी युवतीलाई चक्कु देखाउँदै उनीहरुको साथमा रहेको आइफोन एकथान, स्मार्टवाच एकथान, डेबिड कार्ड एकथान, क्रेडिटकार्ड एकथान लुटेका थिए । लुटपाटपछि ती किशोर जंगलतिर भागेका थिए । लुटपाटमा संलग्न ३ जनालाई घटना भएको डेढ घण्टापछि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी घर भइ हाल काभ्रेको बनेपा नगरपालिका–६ सान फर्निचरमा काम गर्ने २० वर्षीय हरि चौधरी, रामेछाप सुनापाती गाउँपालिका घर भइ हाल बनेपा–९ बस्ने वर्ष १७ को सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने वर्ष १६ को उज्वल दाहाल रहेका छन् ।
उनीहरुको साथबाट लुटेका सबै सामान बरामद गरिएको प्रहरीले जनाएको छ । लुटिएपछि विदेशी युवतीले ती किशोरको हुलियासहित प्रहरीलाई खबर गरेका थिए ।
१ जना युवकले कानमा मुन्द्रा लगाएको र २ जनाले साइडमा कपाल झारेको हुलियाको आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई बनेपा नगरपालिका–७ उग्रचण्डी पेट्रोलपम्प पछाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले २ वटा चक्कु र अन्दाजी आधा पाउ जति गाँजासमेत बरामद गरेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ