काठमाडौं। झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
एक भारतीयसँग घुस लिएको अवस्थामा पक्राउगरी ईलाका प्रहरी कार्यालय, अनारमनीमा बुझाइएको जानकारी प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । उनीसँगै उनलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानसमेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ