काठमाडौं। झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
एक भारतीयसँग घुस लिएको अवस्थामा पक्राउगरी ईलाका प्रहरी कार्यालय, अनारमनीमा बुझाइएको जानकारी प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । उनीसँगै उनलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानसमेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध