बागलुङ । काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेललाई भवनको साँचो मङ्गलबार हस्तान्तरण गरे ।
दुईतले भवनमा सना–ठूला ५३ वटा कोठा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु छ करोड १२ लाख लागतमा उक्त भवन निर्माण भएको हो ।
“भवनको जिम्मेवारी लिएका छौँ, स्वास्थ्यमन्त्रीबाट उद्घाटन गराएपछि नयाँ भवनबाट सेवा प्ररम्भ हुन्छ”, अध्यक्ष कँडेलले भने, “पाँच शय्याको अस्पताल सञ्चालन गर्ने योजना छ, जनशक्ति व्यवस्थापनपछि अस्पताल सञ्चालनमा गरिने छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित
रूकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट उद्वार
अस्पताल फार्मेसीमै प्रत्यारोपणका सामग्री उपलब्ध गराउने निर्णय
अस्पतालमा औषधि अभाव, उपचारमा समस्या
सुर्नयामा १० शय्याको अस्पताल निर्माण हुँदै